• २० असार २०८३, शनिबार
  • ३:२१ बेलुका

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सरकारले सच्याउनुपर्छ : गगन थापा

प्रकाशित मिति

२०८० जेष्ठ २४ गते, बुधबार १२:२६

२४ जेठ २०८०, काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगन थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन सरकारसँग माग गरेका छन्। आज प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उनले आर्थिक वर्ष २०८०र०८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने प्रस्ताव सच्याउन सरकारसँग माग गरेका हुन ।


‘बजेटमा प्रस्तावित भएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र यसको काम जिल्ला प्रशासनमा सार्ने प्रस्ताव कार्यान्वयन भयो भने निर्वाचन आयोगको भूमिकालाई यसले संकुचित पार्छ र काम प्रभावित गर्छ,’ प्रतिनिधि सभा बैठकमा आज कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले भने।

Kamana Sewa

जिल्ला प्रशासनले गर्ने काम कार्यकारीको हस्तक्षेपबाट मुक्त हुन नसक्नेसमेत थापाको भनाइ छ। ‘खर्च कटौतीको कोणबाट हेर्दा पनि वार्षिक १५ करोड बचत हुने देखिन्छ। के १५ करोड बचत गर्न निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा पुगेको होरु मलाई यस्तो लाग्दैन।’

Classic Tech Desktop

उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव सच्याउन पनि सरकारसँग माग गरेका छन्।

प्रतिकृया