• ९ असोज २०८३, शुक्रबार
  • ५ः३७ बेलुका

राष्ट्रको रक्षा, संविधानको रक्षा लगायत देशको समग्र हितको रक्षापछि मात्रै संसदको गतिरोध अन्त्य हुन्छः ओली

प्रकाशित मिति

२०८० जेष्ठ २१ गते, आईतवार ०३:२७

२१ जेठ २०८०, काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए।

National Life

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’


प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया