• १० असोज २०८३, शनिबार
  • ८ः४६ राती

दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुर जिल्ला खेलकुद बिकास समितिका खेलाडीद्धारा पदक प्राप्त

प्रकाशित मिति

२०८० जेष्ठ १२ गते, शुक्रबार ०३:२०

१२ जेठ २०८०, काठमाडौँ: दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८० जेष्ठ ७ देखी १३ गते सम्म हेटौंडाको विभिन्न खेलस्थानहरुमा संचालन भैरहेको छ जसमा भक्तपुर जिल्ला खेलकुद बिकास समिति द्वारा १३ वटै खेलहरुमा सहभागिता जनाएको थियो । भक्तपुर जिल्लाले ऐतिहासिक सफलता प्राप्त गर्दै विभिन्न खेलमा खेलाडीले पुरस्कार प्राप्त गर्न सफल भएका छ्न, जस अन्तर्रगत बक्सिङ खेलको फाईनलमा तीनन वटा गोल्ड सहित टिम तेस्रो हुन सफल भएको छ जसअनुसार खेलाडी बिजय वटा,अस्मिता दुवाल,भावना भण्डारीले गोल्ड मेडल प्राप्त गरेका छ्न । यसैगरी एथलेटिक्स खेलमा रेस्तिना सितिखु ५००० मिटरमा तृतीय त्यस्तै ४*४००मिटर रिलेमा उर्जा मधिकर्मि,श्रयस्का सिल्पकार ४* ४००मा प्रथम स्थान हासिल गर्दै टिम प्रथम हुन सफल भएको छ । जुडो खेल तर्फ दुर्गा पुरि ७० के.जि मा दोस्रो, सगुन सुनुवार तृतीय,हिमाल राई निसान राई बद्री नारायण श्रेष्ठ, सुजन खड्का, सगुन सुनुवार बिनिता नेपाली जुडो टिम फाईट खेलमा तृतीय, उसु खेलमा सोनीया पोख्रेल प्रथम, अन्जना ढुंगेल दोश्रो भएका छन् ।

National Life

तेक्वान्दो खेलमा किरण सितिखु र रबिना लामा पहिलो र पबित्रा सुनुवार तृतीय स्थान त्यस्तै आइ.टि.अफ तेक्वान्दोमा सरु बि. क, स्वयता राई,मुना राई,सबिना तामाङ समिर श्रेष्ठ प्रथम दिलिप आले सुबर्ण आले मगर निपु शर्मा सौरब बि.क सबिना राई सरु बि.क समिर श्रेष्ठ दोस्रो स्थान (टिम गेम) अजय तामाङ र रुक्मुनि चौधरी दोस्रो,प्रेम केशव थापा दिलासा बस्नेत तेस्रोर कराते खेलमा भावना राई प्रथम र दिप्सना श्रेष्ठ तारा तामाङ सजिना तामाङ ऋसब राजबाहक तृतीय स्थान भएका छन् । सम्पूर्ण पदक विजेता खेलाडीहरुलाई भक्त्पुर जिल्ला खेलकुद बिकास समिती हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।


प्रतियोगितामा खेलाडीहरूको लागि दिन रात खट्ने टिम कोचहरु,टिम भक्तपुरबाट प्रतिस्पर्धा गर्ने सम्पूर्ण खेलाडीहरु प्रति भक्त्पुर जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष दीपक थापाले धन्यवाद दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया