• २० भदौ २०८३, शनिबार
  • ३ः०० दिउँसो

नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बूढानीलकण्ठ शालिकजस्तो कुनै चलायमान छैन : सांसद गोकर्ण विष्ट

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ०१:१८

१० जेठ २०८०, काठमाडौँ : नेकपा (एमाले)का सचिव तथा प्रतिनिधि सभाका सांसद गोकर्ण विष्टले सरकारको नीति कार्यक्रम चीर निद्रामा रहेको बूढानीलकण्ठजस्तो भएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारको नीति कार्यक्रम चलायन, गतिशील बन्न नसकेको बताएका हुन्।

National Life

‘५३ खर्ब कुल गार्हस्थ्य उत्पादनको तुलनामा ५३ खर्ब बराबरकै कर्जा प्रवाह अर्थात् शतप्रतिशत छ। सार्वजनिक ऋणको आकार बढेर २१ खर्ब पुगेको छ,’ उनले अर्थतन्त्रका समस्या पहिल्याउँदै भने, ‘एकातिर कर्जा प्रवाहको अवस्था यस्तो छ, अर्कोतिर रोजगारी सिर्जना हुन सकेको छैन। उत्पादन उत्पादकत्वको अवस्था के छ? कहीँ हामीले यसलाई समीक्षा गरेका छौं? यी प्रकारका समस्याहरूलाई गम्भीर प्रकारले समीक्षा गरेका छौं?।’


यी समस्याहरूलाई समाधान गर्नेगरी गहिराइबाट नीति कार्यक्रम नआउँदा समस्याको समाधान नहुने उनले बताए।

Classic Tech Desktop

‘यसका लागि टालटुले सुधार मात्र होइन, अर्थतन्त्रमा सामान्य सुधारले पुग्दैन। संरचनागत सुधारको आवश्यकता छ। तर, सरकारको नीति कार्यक्रम सामान्य अवस्थामा आएकोजस्तो छ। यो नीति कार्यक्रम चीर निद्रामा सुतिरहेको बूढानीलकण्ठ शालिकजस्तो छ। जसमा कुनै चलायमान छैन,’ उनले भने।

प्रतिकृया