• १९ भदौ २०८३, शुक्रबार
  • १२ः४७ दिउँसो

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका माथि छानबिन हुनुपर्छ : सांसद गगन थापा

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ०१:०३

१० जेठ २०८०, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले यो प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने आमनारिकले हेरिरहेको उनले बताए।


प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएको जस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै। हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन्।’

Kamana Sewa

उनले चाहे सलाम गर्ने वा सलामी खाने होस् जसको नाम आएको छ ऊमाथि छानबिन हुनुपर्ने बताए। ‘जसको नाम आएको छ उसलाई निष्पक्ष अनुसन्धान गरिनुपर्छ। कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन। सरकारको पछि अब न्यायालयको पनि परीक्षा सुरू हुन्छ,’ उनले भने, ‘अदालतले मैले न्याय गरेँ भनेर मात्र पाउँदैन। न्यायको अनुभूति हुनुपर्छ।’

Classic Tech Desktop

राज्यविरूद्धको अपराधमा संलग्न हुने एक-एक मानिसमाथि छानबिन हुनुपर्ने उनले बताए।


‘चाहे घर होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ उनले भने, ‘अनुसन्धान कहीँ न कहीँ लप्पकाएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’

प्रतिकृया