• 11:19 am

सरकारले आफूलाई दिने भनिएको रकमले अस्पताल खोल्न सरकारलाई सुझावः डा. चन्द्र भण्डारी (भिडियाे सहित)

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ०२:५९

१० जेठ २०८०, काठमाडौँ : नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आज संसदमा सम्बोधन गरेका छन् । आगलागीमा परी गम्भीर विरामी भएका सांसद भण्डारी लामो समयपछि संसद बैठकमा उपस्थित भएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रममा गर्नुपर्ने सुधारका विषयमा बोलेका छन् । डा. चन्द्र भण्डारीले सरकारले आफूलाई दिने भनिएको स्वास्थ्य उपचारको रकमले अस्पताल खोल्न सरकारलाई सुझाव दिएका छन् ।


त्यस्तै, विश्व नै चामत्कारिक विकासतर्फ अघि बढिरहँदा नेपाल भने निकै पछौटेपनमा रहेको भन्दै उनले यसकारे सरकारले ध्यान दिनुपर्ने बताए । उनले आगलागीका घटना हुन नदिन खाना पकाउने ग्यासमा प्रयोग गरिने रेगुलेटर अटोमेटिक हुनुपर्ने बताए ।

प्रतिकृया