• 2:13 am

अब ह्वाट्सएपको म्यासेज सम्पादन गर्न सकिने

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ११:३९

whatsup

१० जेठ २०८०, काठमाडौँ: ह्वाट्सएपले म्यासेज सम्पादन गर्न सकिने नयाँ फिचर ल्याएको छ। मेटाका सीईओ मार्क जुकरबर्गले सन्देश सम्पादन गर्न सक्ने घोषणा गरेका हुन् । जुकरबर्गले फेसबुक पोष्टमार्फत प्रयोगकर्ताहरूले पठाइएका व्हाट्सएप सन्देशहरू सम्पादन गर्न सकिने लेखेका छन् । जुकरबर्गले फेसबुक पोस्टमा भनेका छन्, ‘अब तपाईले १५ मिनेटभित्र ह्वाट्सएपमा पठाइएका सन्देश सम्पादन गर्न सक्नुहुनेछ ।’


ह्वाट्सएपबाट पठाइएको म्यासेज सम्पादन गर्न, तपाईंले पठाइएको म्यासेजमा थिच्नु पर्छ । यसो गर्दा, त्यहाँ सम्पादन अप्सन देखा पर्नेछ। जहाँबाट तपाइँ म्यासेज सम्पादन गर्न सक्नुहुन्छ ।


सम्पदान गरिएको म्यासेज भने सम्पादितको रूपमा ट्याग गरिनेछ । अर्थात् जसलाई तपाईले म्यासेज पठाएर सम्पादन गर्नु भएको छ उसैलाई म्यासेज इडिट (सम्पादन) गरेको भनेर थाहा हुनेछ । यद्यपि त्यो व्यक्ति (म्यासेज प्राप्त गर्ने) ले सम्पादन गर्नुपूर्वको म्यासेज के थियो भनेर भने थाहा हुने छैन । सम्पादित म्यासेज नै उसले देख्नेछ ।


अहिलेसम्म व्हाट्सएपमा अनसेन्ड फिचर थियो, तर सम्पादन गर्ने विकल्प थिएन । हाल, व्हाट्सएपद्वारा पठाइएको सन्देश एक घण्टाको लागि फिर्ता लिन सकिन्छ । यो सुविधा प्रत्येक प्रयोगकर्तामा पुग्न एक साता लाग्ने कम्पनीले जनाएको छ । तपाईले एप अपडेट गरेर पनि यो सुविधा जाँच गर्न सक्नुहुन्छ । यदि यो फिचर आएन भने केही दिन पर्खनुहोस् ।


यो सुविधा आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्मको लागि भएको कम्पनीले बताएको छ ।

प्रतिकृया