• २३ भदौ २०८३, मंगलबार
  • ३ः४१ राती

प्रधानमन्त्री दाहाल र नेपाल कुमाल सुधार समिति बिच भेटवार्ता

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ११:२९

१० जेठ २०८०, काठमाडौँ : आज प्रधानमन्त्री दाहाल र नेपाल कुमाल सुधार समिति बिच भेटवार्ता भएकाे छ । भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताएका छन् ।

National Life

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेजबहादुर कुमालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म कुमाल समुदायसहित नेपालका सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु।


सानो सङ्ख्यामा रहे पनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्त्वपूर्ण भूमिका रहेको छ । यो समुदायको इतिहास, संस्कृति र महत्त्व धेरै ठुलो छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले सबै अल्पसङ्ख्यक सीमान्तकृत समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आफूले विगतदेखि नै सङ्घर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्दाप्रति सरकार दृढ रहेको बताए ।


प्रधानमन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष श्रुति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया