• २३ भदौ २०८३, मंगलबार
  • १०ः०२ बिहान

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए शपथ

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार ११:१६

१० जेठ २०८०, काठमाडौँ : नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

National Life

मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।


प्रधानमन्त्रीले हिजो मंगलबार जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया