• १९ भदौ २०८३, शुक्रबार
  • ५ः२८ बिहान

सरकारको नीति तथा कार्यक्रम पुराण लगाएजस्तो हरेक वर्ष उस्तै : सांसद ढकाल

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार ०४:२१

९ जेठ २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुराण लगाएजस्तो भनेका छन् । उनले सरकारको नीति तथा कार्यक्रम पुराण लगाएजस्तो हरेक वर्ष उस्तै प्रकारको आउने गरेको भन्दै आफूले भनेको तथ्यमा विश्वास नलागे २०४८ सालको असार १७ गते भएको नीति तथा कार्यक्रम हेर्नका लागि आग्रह गरे ।


उनले संसदमा प्रस्तुत हुने बजेट अधिवेशन धार्मिक माहात्म्य जस्तै चल्ने र जेठ १५ गते सांङ्गे हुने भन्दै कटाक्ष गरे । मन्त्रीहरूले आफ्नो क्षेत्रमा बजेट पार्नका लागि रस्साकस्सी, सांसदहरू कसरी मन्त्रीको नजिक हुन पाइन्छ बजेट कसरी लैजान पाइन्छ भनेर रस्साकस्सीमा लागिपर्ने बताए । मन्त्री र सांसदको नजिक रहेका बिचौलियाहरूले आफ्नो नीति कसरी छिराउन सकिन्छ भनेर रस्साकस्सी बाहेक केही नहुने उल्लेख गरे ।

Kamana Sewa

सांसद ढकालले भने, ‘म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, चिप्लँदैमा लडिँदैन । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा चिप्लिएको छ, हामीले रचनात्मक सहयोग गरेर लड्न दिँदैनौँ भनेका छौँ । सरकार तयार छ हाम्रो सुझावहरू मान्नका लागि ? हैन भने हिजो जस्तैगरी एउटा भाष्य निर्माण गरिन्छ कि मैले ल्याएको बजेट भनेर मन्त्री र सांसदले आफ्नो क्षेत्रमा गएर भन्छन् । उनीहरुले आफ्नो घर बेचेर, आफ्नो सम्पत्ति बेचेर लगेर हालेको हो बजेट ? पाइन्छ यो छुट, यो भाष्य कसले निर्माण गरेको हो ? ३३ वर्षमा यहीँ भित्रका माननीयले निर्माण गरेको भाष्य हो यो ।’

Classic Tech Desktop

उनले अगाडि भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो हुन दिँदैन । मन्त्रीज्यूहरूले यो पटक आफ्नो क्षेत्रमा गएर मैले ल्याएको बजेट भन्नुभयो भने हामी राज्यले हालेको पैसा हो खबरदार भन्न जाँदैछौँ । हामी त्यसो भन्न दिँदैनौँ ।’ सांसद ढकालले अर्थमन्त्रीलाई बजेटबारे रचनात्मक सुझाव दिनका लागि आग्रह गर्दा अर्थमन्त्रीले नकारेको बताए ।


उनले भने, ‘अर्थमन्त्रीज्यूलाई मैले भनेको थिएँ, के हामी आवश्यक हो । हामी रचनात्मक सुझावसहित आउँछौँ । वास्तै गर्नुभएन, किनकि यो त बजेट माहात्म्य न चलेको हो । देश निर्माणका लागि बनाइएको नीति हो र यो ? होइन नि । साङ्गे पन्ध्र गते गर्नुछ बस् । सोह्र सत्र गते यताकाले हाम्रा दाई ठिक तपाईका बा बेठीक, उताका तपाईका दाई बेठीक हाम्रा दाई ठिक भनेर यहाँ झगडा गर्नुछ । सोह्र सत्र गते अरु के छ यहाँ ?’


ढकालले नीति तथा कार्यक्रम सीमित मन्त्री र सचिवले बनाएको भन्दै युवा सांसदहरूको भावना नसमेटिएको टिप्पणी गरे ।

प्रतिकृया