• २१:४२ २०८० चैत्र १६ गते
  • 9:42 pm

ह्वावेद्वारा एसिया प्रशान्त साझेदार समेलन २०२३मा ६ सहकार्य साझेदारहरु घोषणा

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०४:४३

David e1684407487826

जेष्ठ ४, २०८०, काठमाडौँ : ह्वावेले आफ्ना एशिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ । दश देशका १२०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको सो कार्यक्रमको प्रमुख उद्देश्य एशिया प्रशान्तमा प्रविधिको वृद्धि र बिकास रहेको छ ।


यस एशिया(प्रशान्तलाई लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रहरू मध्ये एक एशिया(प्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी रहेको छ । एशिया(प्रशान्तमा मात्रै ७९०० भन्दा बढी उद्यम साझेदारहरू र २००० भन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरुका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार संजाललाई सुदृढ र सबल बनाउन ह्वावे प्रतिवद्ध रहेको छ । नयाँ साझेदार कार्यक्रमहरुले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास लिएको छ ।


कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एशिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजनाहरु सार्वजनिक गरेको छ। यस कार्यक्रमले क्रमशस् सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर विक्रेता ९क्ष्क्ख्० र डाटा केन्द्र सुविधा समाधानका क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ। नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रुपान्तरणमा सम्पूर्ण साझेदारहरुले ह्वावेलाई साथ् दिने प्रतिवद्धता जनाएका छन् ।


ह्वावेईका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङले कार्यक्रमको उद्घाटन समारोहमा, ूडिजिटल र बौद्धिक रूपान्तरणले विश्वभर फैलिने लहरहरू सिर्जना गरिरहेको, एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीको बजार स्थान सिर्जना गर्ने सम्भावना बोकेको कुरा बताएका छन् । ह्वावे यी प्रचुर अवसरहरुको सदुपयोग गर्न साझेदारहरूसँग काम गर्न चाहने साथै एसिया(प्यासिफिक बजारका लागि, नेम्ड अकाउन्ट मार्केट, व्यावसायिक बजार र वितरण व्यवसाय नामक तीन प्रमुख साझेदार विकास रणनीतिहरू डिजाइन गरेको जानकारी गराउंदै विभिन्न आवश्यकताहरूलाई थप लक्षित ढंगमा सम्बोधन गर्ने, साझेदारहरुसँगको सहकार्यमा नेम्ड अकाउन्ट लाई डिजिटल बनाई साना तथा मझौला उद्यमहरुको डिजिटल रुपान्तरणलाई गति दिने र वितरण बजार विस्तार गर्ने उदेश्य रहेको जानकारी गराए । उनले आफ्ना साझेदारहरु सफल भए मात्र ह्वावे सफल हुने कुरा व्यक्त गरे ।


ह्वावेईका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङ


ह्वावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलास माले पनि एसिया(प्रशान्त क्षेत्रका लागि कम्पनीको पाँच वर्षको पूर्वानुमान प्रस्तुत गर्दै यस कार्यक्रममा बोलेका थिए। ह्वावेले आफ्नो आम्दानीमा साझेदारहरू बाट ९५ प्रतिशत योगदान पुर्‍याउने गरी आगामी वर्षहरूमा आफ्नो व्यवसाय द्रुत गतिमा बढ्ने अपेक्षाका साथ साझेदारहरूले ह्वावेका उत्पादन र सेवाहरू बिक्री गरी वार्षिक ८०० मिलियन अमेरिकी डलर आम्दानी गर्न सक्ने जानकारी गराए ।


ह्वावे एपीएसी इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलास मा

त्यसैगरी, ह्वावे इन्टरप्राइज बीजीका उपाध्यक्ष तथा इन्टरप्राइज मार्केटिङ एण्ड सोलुसन सेल्सका अध्यक्ष बब चेन ले एउटा पुरानो चिनियाँ भनाइ उद्धृत गर्दै आफ्नो मन्तव्य अन्त्य गरे ूयदि कुनै कामदारले राम्रो काम गर्न चाहन्छ भने, उसले पहिले आफ्नो उपकरण तिखार्नुपर्छ।ू उनले नेम्ड अकाउन्ट बजारको लागि ह्वावेको रणनीति पनि रेखांकित गरे, जहाँ उनीहरूले उद्योग समाधानहरूलाई गहिरो, सुदृढ गर्न र विस्तार गर्न साझेदारहरूसँग काम गर्ने योजना बनाएका कुरा व्यक्त गरे। व्यापारिक बजारमा साझेदार(केन्द्रित रही थप बजार योग्य उत्पादनहरू, समाधानहरू, र आइ टी प्लेटफर्महरू निर्माण गरी वितरण व्यवसायको लागि, ह्वावेले नयाँ उप(ब्रान्ड ह्वावे ई(किट अन्तर्गत उत्पादनहरू सिर्जना गर्ने र आइ टी प्लेटफर्महरू अप्टिमाइज गर्नुको साथै साझेदारहरूसँग मिलेर, एसिया(प्यासिफिकमा सरकार र उद्यम ग्राहकहरूको डिजिटल रूपान्तरणलाई गति दिने योजना प्रष्ट पारे।


ह्वावे इन्टरप्राइज बीजीका उपाध्यक्ष तथा इन्टरप्राइज मार्केटिङ एण्ड सोलुसन सेल्सका अध्यक्ष बब चेन


त्यसका साथै ह्वावे क्लाउडका मार्केटिङका अध्यक्ष विलियम डोङ्गले ह्वावे क्लाउडको एक मिलियन भन्दा बढी साझेदारहरू विकास गर्ने, १० मिलियन भन्दा बढी विकासकर्ताहरूलाई जोड्ने र १० मिलियन उद्यम ग्राहकहरूलाई सेवा दिने लक्ष्य प्रस्तुत् गरे । एक सेवा रणनीतिको रूपमा ध्यान केन्द्रित गर्दै, ह्वावे क्लाउडले विगत ३० वर्षमा निर्माण गरेका प्रविधिहरू, उपकरणहरू र अनुभवहरूलाई क्लाउडमा उपलब्ध गराउन जारी राख्नुको साथै ह्वावे क्लाउडलाई क्लाउड फाउण्डेसन र औद्योगिक डिजिटलाइजेसनको लागि सक्षम बनाई सम्पूर्ण क्लाउड सेवाहरू र समाधानहरू प्रदान गर्न साझेदारहरूसँग निरन्तर सहकार्य गर्ने कुरा बताए ।


ह्वावे क्लाउडका मार्केटिङका अध्यक्ष विलियम डोङ्ग

ह्वावे डिजिटल पावरका ग्लोबल मार्केटिङ, सेल्स र सर्भिसका अध्यक्ष चार्ल्स याङ्गले दिगो भविष्य सिर्जना गर्न वातावरण मैत्री विधिहरु प्रयोग गर्ने कुरा गरे। याङले आगामी तीन दशकलाई डिकार्बोनाइजेशन, डिजिटलाइजेसन र बौद्धिक रूपान्तरणले परिभाषित गर्ने बताए । यस वर्ष यी उद्योगहरूले असाधारण वृद्धिको अनुभव गर्नुको साथै यस क्षेत्रले आगामी ३० वर्षमा ट्रिलियन डलरको सम्भावित बजार रहेको उल्लेख गरे ।


उनका अनुसार हुवावेले डिजिटल र पावर इलेक्ट्रोनिक्स टेक्नोलोजीमा आफ्नो साधनहरुको संयोजन गर्दै विश्वको अग्रणी, बलियो र सुरक्षित प्रविधि इकोसिस्टम निर्माण गरी एक बलियो र दिगो इकोसिस्टमको साथ डिजिटल पावर टेक्नोलोजी कम्पनीको विकास गर्दै आफ्ना ग्राहक र साझेदारहरूलाई साझा सफलता हासिल गर्न मद्दत गर्ने र सम्भाव्यताले भरिपूर्ण युगमा एउटा उत्कृष्ट प्रविधि कम्पनी बन्न प्रयासरत रहेको बताए ।


ह्वावे डिजिटल पावरका ग्लोबल मार्केटिङ, सेल्स र सर्भिसका अध्यक्ष चार्ल्स याङ्ग

कार्यक्रममा ू कोल्याबोरेसन फर न्यू एरा अफ इनोभेसन एण्ड ग्रोथू नामक बहस संचालन गरिएको थियो । सो बहसमा इन्फर्मा टेकरओम्डियाका महाप्रबन्धक डेनीएल शेनले बहसको मध्यस्थकर्ताको भूमिका निर्वाह गरे। उक्त बहसमा ह्वावेका इन्टरप्राइज ग्लोबल पार्टनर डेभलपमेन्ट र सेल्सका अध्यक्ष ओह ऐ जुन, सनलाइन टेक्नोलोजीका सिटिओ फिलिप हङ, (एच। के। लिमिटेड को प्रमुख टेक्नोलोजी अधिकारी तथा सुवाचाई सिरिमुआङ्मुल र प्रेसिस सिस्टम एण्ड प्रोजेक्ट लिमिटेडका सहायक कार्यकारी निर्देशक डोमिनिक शिहका साथै सोल्टियस इन्डोनेसियाका प्रमुख कार्यकारी निर्देशक एन्ड्रियास सुर्यादी गुणादीको सहभागिता रहनुको साथै वास्तविक(विश्व व्यापार समस्याहरूको सम्भाव्य समाधानहरूमा कसरी काम गर्ने र बजार परिवर्तनको आवश्यकतालाई द्रुत रूपमा प्रतिक्रिया दिन उत्पादन प्रविधि र नीति क्षेत्रहरूमा के आवश्यक छ भन्ने विषयमा छलफल गरेका थिए।


त्यसको अतिरिक्त, कम्पनीको टेक्निकल इनोभेसन समिटमा एशिया(प्यासिफिक बजारका लागि दुई नयाँ फ्ल्यागशिप इन्टेलिजेन्ट क्लाउड-नेटवर्क उत्पादनहरूCloudEngine 16800-X र CloudEngine S16700 सार्वजनिक गरिएको छ। त्यसका साथै यस क्षेत्रको व्यावसायिक बजारका लागि भण्डारण उत्पादनहरू, समाधानहरू, डिजिटलीकरण उपकरणहरू, र साझेदार समर्थन कार्यक्रमहरू पनि सार्वजनिक गरिएको छ ।

प्रतिकृया