• १८ भदौ २०८३, बिहीबार
  • १०ः३८ राती

बिराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसन सहकार्य, सुनसरीमा २२ सय जनाको निशुल्क आँखा जाँच

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०४:२०

जेष्ठ ४, २०८०, काठमाडौँ : नेपाल नेत्रज्योति संघ पुर्वान्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।


नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत् २ हजार १ सय ९९ जनाको आँखा परीक्षण गर्दा २४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । बुधबार सम्ममा १५४ जना बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिसकिएको र बाँकि बिरामी बिरामीहरुको पनि निशुल्क शल्यक्रिया गरिने बताउछिन् अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा।रक्षा पन्त ।

Kamana Sewa

जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा चलेको उक्त शिविर मार्फत दृष्टिदोष भएका ९ सय १९ जना बिरामीहरुलाई निशुल्क चस्मा समेत वितरण गरिएको बताउछन् विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिक ।

Classic Tech Desktop

शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरुलाई विराटनगर आँखा अस्पतालमा ल्याई निशुल्क शल्यक्रिया गरिएको थियो । आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीहरूले आफ्नो घर आँगनमै निशुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीहरूलाई धन्यवादसमेत दिएका थिए।


शिबिर मार्फत सुनसरी जिल्ला सहितका छिमेकि जिल्लाहरुका साथै सिमा क्षेत्रका भारतका नागरिकहरु समेत लाभान्वित भएको बताउछन् अस्पतालका प्रबन्धक कुमार पृथु । विराटनगर आखा अस्पतालका नेत्र रोग बिशेषज्ञ डा।सुमित मिश्र र डा। प्रिति अग्रवालको नेतृत्वको टोलिले शिविरमा सेवा प्रवाह गरेको थियो ।


नेपाल नेत्रज्योति संघ पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत हाल २ वटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र संचालनमा छन् ।


सन् २०२२ मा पुर्वान्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत संचालित अस्पताल, आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रम मार्फत १२ लाख १३ हजार ३२६ जनाको आँखा जाँच गरि १ लाख ३१ हजार ८४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यसै गरी स्थापनाकाल देखि सन् २०२२ सम्ममा यस संस्था मार्फत १ करोड २४ लाख ३० हजार ४७६ जनाको आँखा जाँच गरि २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ ।


त्यस्तै सन् २०२२ मा १५४ वटा निशुल्क आँखा शिबिर सञ्चालन गरि ६ हजार १३० जनाको निशुल्क मोतिबिन्दुको सल्यक्रिया समेत गरिएको थियो । पहुँच र आर्थिक अभावमा कोहि पनि नागरिकहरु दृष्टिबिहिन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई बिस्तार गरिरहेको बताउछन् पुर्वान्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुर ।


नेपाल नेत्रज्योति संघले सन् २०३० सम्ममा नेपालका हरेक स्थानिय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहि अनुरुप अहिले काम अगाडी बडिरहेको बताउन् नेत्रज्योति संघका केन्द्रिय सदस्य एबं बिराटनगर आँखा अस्पताल व्यबस्थापन समिती अध्यक्ष पद्मनारायण चौधरी ।

प्रतिकृया