सांसदहरूको प्रश्न कसले आउट गर्यो, प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन : रघुजी पन्त
प्रकाशित मिति
२०८० जेष्ठ ४ गते, बिहीबार ०३:४४
जेष्ठ ४, २०८०, काठमाडौँ : नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा लामो समयपछि देखेको भन्दै व्यंग्य गरेका छन्। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रश्न राख्नुअघि उनले प्रधानमन्त्रीलाई संसदमा खोज्न सूचना नै जारी गर्नुपर्ने अवस्था आएको सुनाए।
‘आज धेरै दिनपछि देखेर होला, मेरो आँखालाई भ्रम परेको त होइन होला। प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्याण्डसम देखिनुभएको छ। झन् दौरा सुरुवाल लगाएर आउनुभएको छ खाइलाग्दो पनि देखिनुभएको छ।’ पन्तले भने, ‘कामना छ प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभएको छ नेपाली जनता पनि छिट्टै त्यस्तै खाइलाग्दो देखिऊन्। उनले ‘सांसदहरूको प्रश्न कसले आउट गर्यो ? सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यहाँ सोध्नुभन्दा पहिला प्रश्न आउट हुनुहुँदैन’ ।

त्यसपछि उनले प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित प्रश्न राखे। जवाफ दिनुअघि प्रचण्डले पन्तको व्यंग्यमाथि पनि जवाफ दिन भ्याए। ‘माननीय सदस्यले मेरो अलि धेरै नै प्रशंसा भनौ कि व्यंग्य के भन्ने हो, त्यसका लागि धन्यवाद। म धेरै खाइलाग्दो भएको छैन। मेरो तौल घटिरहेको छ।’ प्रचण्डले भने, ‘तपाईंले राम्रो देख्नुभएछ। तपाईंको आँखालाई पनि धन्यवाद।’





प्रतिकृया