• १९ भदौ २०८३, शुक्रबार
  • २ः०१ राती

सर्वोच्चको फैसलाले सार्वजनिक नगर्नु भनेकाले लाल आयोगको प्रतिवेदन रोकेको हो : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०२:४५

जेष्ठ ४, २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्।


प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले सोधेको प्रश्नमा जवाफ दिँदै उनले लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले सार्वजनिक नगर्नु भनेकाले रोकिएको बताए।

Kamana Sewa

‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश र थरुहट आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेस गर्न लाल आयोग गठन भएको कुरा साँचो हो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र म पनि पर्छ।’ प्रचण्डले भने, ‘यसलाई कुन रुपमा कसरी सार्वजनिक गर्ने भन्ने विषयमा छलफल हुँदै गर्दा सूचना आयोगले सर्वोच्च अदालतमा मुद्दा दिएपछि सर्वोच्च अदालतले हाल त्यो प्रतिवेदन प्रकाशित नगर्नू भन्ने फैसला गरेको जानकारी गराउन चाहन्छु।’

Classic Tech Desktop

उनले सर्वोच्चको फैसलालाई पुनरावेदन गरेर प्रतिवेदन सार्वजनिक गर्ने मान्यतामा आफू रहेको बताए। सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ।

प्रतिकृया