• १३:३७ २०८० चैत्र १६ गते
  • 1:37 pm

विगतका विभत्स ढंगले भएका हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०८० जेष्ठ ४ गते, बिहीबार ०५:००

prachanda 1 e1684408501792

जेष्ठ ४, २०८०, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भएका भयानक लगायत इतिहासका कालखण्डमा विभत्स ढंगले भएका हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा आम जनता पार्टीका सांसद प्रभु साहले सोधेको जवाफमा दिदैँ उनले विगतमा हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुने बताएका हुन्।


‘गौर हत्याकाण्डको छानबिन के भइरहेको छरु अपराधी कानुनको दायरामा ल्याइन्छ कि ल्याँइदैनरु पीडितहरूले न्याय पाउँछन् कि पाउँदैनन्रु,’ प्रश्नोत्तरमा भाग लिँदै सांसद प्रभु साहले जिज्ञासा राखेका थिए। साहले अहिलेसम्म नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेहरूको संख्या कति होरु उनीहरूले किन नेपाल त्यागेरु भनेर पनि प्रश्न सोधेका थिए। नेपाल छाडेपछि उनीहरूको सम्पत्तिको अवस्था के छ र विदेश लगेका हुन् भने कति सम्पत्ति लगे र यसलाई रोक्न सरकारले अहिलेसम्म के कदम चालेको छ र विदेशमा नेपालीले लुकाएर राखेको कालो धन कति हो भनेर पनि साहले सोधेका थिए।


‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्छ, चाहे त्यो, गौर हत्याकाण्ड होस् चाहे भयानक दरबार हत्याकाण्ड, नेपालकै इतिहासको सबैभन्दा विभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ। अहिले जे जसरी ती कुरालाई बिर्साउने कोसिस भइरहेको त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ भन्ने म ठान्छु। मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने म ठान्छु,’ प्रधानमन्त्री प्रचण्डले जवाफ दिँदै भने ‘तर, यसको निम्ति हामी सबैले गम्भीररूपले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्छ।’


जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाली नागरिकता त्यागी विदेशमा बसोबास गर्दै आएका नागरिकको गृहमन्त्रालयले तथ्यांक संकलनको कार्य भइरहेको पनि बताए।


‘नेपाली नागरिकले नेपालमा रहेको सम्पत्ति बेचबिखन गरी विदेशमा लैजान नपाउने कानुन व्यवस्था रहेको कुरा हामी सबैलाई थाहा छ। विद्यार्थी र पर्यटक भिसामा जाने व्यक्तिहरूले लगेको विदेशी मुद्राको तथ्यांक नेपाल राष्ट्र बैंकले समयसमयमा प्रकाशन गर्ने गरेकै छ,’ प्रधानमन्त्रीले भने।

प्रतिकृया