• ०९:४५ २०८१ बैशाख ७ गते
  • 9:45 am

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा ३२९.५२% को वृद्धि

प्रकाशित मिति

२०८० बैशाख ३१ गते, आईतवार ०१:२४

Logo Nepallife e1684049925898

वैशाख ३१, २०८०, काठमाडौँ : नेपाल लाइफले चालु आ.वको तेस्रो त्रैमासिकसम्ममा उल्लेखनीय प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएकोे छ ।


यस त्रैमासिकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिव ४८ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आ।व।को सम्बन्धित त्रैमासकको अन्त्यसम्मको आधारमा ९.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा करिव १३१ अर्ब १६ करोड रुपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढी करिब १५७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । महाबिपत्ति कोषमा ८३ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.४९ प्रतिशतले बढी हो । कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।


कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा करिब १ अर्ब २८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रुपैयाँ रहेको छ । यसै गरी चैत मसान्तसम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।


समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ । यस त्रैमासिकमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त दुरुस्त छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण हो भन्ने कुरा कम्पनीले जनाएको छ ।


८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.२५ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रुपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ ।

प्रतिकृया