मानव तस्करीले विश्व समुदायसामु देशको शिर निहुरिएको शेखर कोइरालाको भनाई
प्रकाशित मिति
२०८० बैशाख ३० गते, शनिबार ११:०२
वैशाख ३०, २०८०, काठमाडौँ: नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मानव तस्करीले विश्व समुदायसामु देशको शिर निहुरिएको बताएका छन् । नेता काेइरालाले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन् । जुनसुकै तह र तप्काकाे भएपनि कानुनकाे कठघरामा उभ्याइ कडा सजाय दिनुपर्ने उनकाे भनाइ छ । साथै नेता काेइरालाले देशकाे शासक र प्रशासकप्रति आम नागरिककाे चरम अविश्वास बढ्दै गएकाे पनि टिप्पणी गरे ।
उनले फेसबुकमा लेखेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएकाे छ, हामी लज्जित भएका छाैँ। तसर्थ राज्यकाे जुनसुकै तह र तप्काकाे जाे काेहीलाई पनि कानुनकाे कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ। याे देशकाे शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदाे छ, यसले हामीले दशकाै संघर्ष गरेर ल्याएकाे लाेकतन्त्र र संविधानलाई असुरक्षित पारेकाे छ। अब समय आएकाे छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानकाे थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालाेवाट उन्मुक्ति दिने।’
यसभन्दा अगाडि नेता काेइरालाले विराटनगरमा पत्रकारहरूसँगकाे संवादमा नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई छाड्न नुहने बताएका थिए ।






प्रतिकृया