• २६ भदौ २०८३, शुक्रबार
  • ५ः०५ बेलुका

गण्डकीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ०४:५८

२९ वैशाख २०८०, काठमाडौँ : गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

National Life

जस अनुसार जिसीले कृषि तथा भूमि व्यवस्था, जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आलेले आर्थिक मामिला र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।


यसअघि केन्द्रले एकीकृत समाजवादीका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भने पनि उनलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि नै मन्त्री बनाउने पक्षमा थिएनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिकृया