• २९ भदौ २०८३, सोमबार
  • ६ः०० बेलुका

चलचित्र ‘हल्करा’आजदेखि देशभर प्रदर्शन

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ११:०५

२९ वैशाख २०८०, पोखरा : नेपाली चलचित्र ‘हल्करा’आजदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय अवार्ड हात पारेसँगै चर्चामा रहेको फिल्मको निर्देशन विक्रम सापकोटाले गरेका हुन्। लेखन र सम्पादन सम्पादन समेत सापकोटाले नै गरेका छन् । फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन्। रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

National Life

निर्देशक सापकोटा हल्करा बदलिदो समयको कथा भएको बताउँछन्। ‘नेपाली समाजको व्यथा समेटिएको छ। धैर्यता र आशाको कथा बोल्छ’, बिहीबार पोखरामा सञ्चारकर्मीसँगको भेटमा उनले भने, ‘देशको अवस्थाले विदेशिएको नेपाली समाजको बाध्यतालाई प्रस्तुत गरेका छौँ ।’ प्रविधिसँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटो समेत फिल्मले देखाउने उनले बताए ।


गत वर्ष ५५ औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा हल्कराले उत्कृष्ट चलचित्रको उपाधि जित्यो। हल्कराबाटै महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म घोषित भएको थियो। फ्लिकर रोड आइल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुग्दा युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । हल्करा हर नेपालीको कथा भएकाले दर्शकको साथ मिल्नेमा अभिनेता महशे त्रिपाठीको आशा छ। फिल्ममा अहिले सम्म नउठाइएका विषयलाई उठाउन गरेको उनले दाबी गरे ।


५ वर्ष अगाडि छायंकन गरिएको फिल्म फेस्टिबलहरुमा रुचाइएपछि ठूलो पर्दामा रिलिज गरिएको हो। कास्की, तनहुँ र काठमाडौँको विभिन्न स्थानमा फिल्म खिचिएको छ ।

प्रतिकृया