• २५ जेठ २०८३, सोमबार
  • ८:२९ बिहान

नक्कली भुटानी शरणार्थी प्रकरणबारे सांसद गैरेको प्रश्न– सरकार के गरिरहेको छ ?

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ११:३३

२६ वैशाख २०८०, काठमाडौँ: नेकपा (एमाले)का सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणमा सरकार के गर्दै छ ? भनी प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम उठाउनु भ्रष्टाचार मात्र नभई देशद्रोही काम भएको बताए । त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।


“यो भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघात हो । देशद्रोही काम हो । यस्ता काममा संलग्न मानिसहरू छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ । कारबाही गरिनुपर्छ,” उनले भने । उनले सो प्रकरणमा केही व्यक्ति पक्राउ परेको र केही सांसद भागेको भन्ने विषयमा जानकारी माग गरे ।

Kamana Sewa

“यो विषयमा जाँचबुझ के भइरहेको छ ? छानबिन के भइरहेको छ ? यसमा संलग्न को हुन् ? यो सरकारले के गरिरहेको छ ?,” उनले सोधे ।

Classic Tech Desktop

प्रतिकृया