पूर्वराजा ज्ञानेन्द्रको परिवार भारत भ्रमणमा
प्रकाशित मिति
२०८० बैशाख २१ गते, बिहीबार १०:४१
२१ वैशाख २०८०, काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन् । करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन् ।
पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ । पूर्वयुवराज पारस भने निर्मल निवासमै रहने छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका हुन् ।
ज्ञानेन्द्रले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । उनको सम्पूर्ण व्यवस्था मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन्। ज्ञानेन्द्र परिवारको सुरक्षाको जिम्मा भारतको उत्तर प्रदेश सरकारले नै लिएको छ ।







प्रतिकृया