
२१ वैशाख २०८०, एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फुल्हमलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले फुल्हमलाई १–० ले हराएको हो ।
लिभरपुलका लागि मोहम्मद सलाहले ३९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो । जितसँगै लिभरपुल ५९ अंकका साथ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । फुल्हम ४५ अंक जोडेर १० औं स्थानमा रहेको छ ।
प्रतिकृया