• १३ असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना : शेरबहादुर देउवा

प्रकाशित मिति

२०८० बैशाख २० गते, बुधबार ०९:२७

वैशाख २०, २०८०, काठमाडौँ : आज मे महिनाको ३ तारिख संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकार वर्गले आफ्नो हक र हितका निमित्त संगठित रुपमा दृढ साहस र संकल्पका साथ संघर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो ।

National Life

विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्षमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मी साथीहरूमा हार्दिक शुभकामना र बधाई दिन चाहन्छु । लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।


प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष संचार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् । नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रिकारिताको प्रवद्र्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, संचार माध्यमहरुमा संचारकर्मीहरुको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैं लड्दै आएको छ । जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यवद्धता प्रकट गर्दै यस अवसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सबै नेपाली संचारकर्मी एवं संचारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया