• ११ असोज २०८३, आइतबार
  • ३ः४० राती

एसीसी मेन्स प्रिमियर कपमा कतार विरुद्ध नेपाल ६८ रनले विजयी

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ०३:२५

१४ वैशाख २०८०, काठमाडौँ : एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएक छ। बिहीबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटिएपछि नेपालले फराकिलो जित निकाल्यो।

National Life

कतारविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिँदा सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। कतारका लागि जाहिर इब्राहिम र खुराम सहाजादले १५–१५ रन बनाउनु सर्वाधिक रह्यो। थप दोहोरो स्कोरका रुपमा अमिर फारुकले १४ रन बनाए।


त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल सुरुवातबाटै लगातार विकेट पतनको सिकार भयो। नेपालका लागि कुनै पनि खेलाडीले गतिलो इनिङ खेल्न सकेनन्।

Classic Tech Mobile
Classic Tech Desktop

यद्यपि दशौं विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गरेका थिए। राजवंशी १७ बल खेलेर १ रन जोड्दै अमिर फारुकको बलमा एल्बिडब्लु आउट भएसँगै नेपाली इनिङ सस्तैमा समेटिएको हो। नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाको सहयोगमा ४२ रन बनाउनु सर्वाधिक रह्यो। सन्दीपको यो एकदिवसीय क्रिकेटमा सर्वाधिक रनसमेत हो।


त्यसअघि नेपालका कप्तान रोहित पौडेलकले २७ रन बनाउँदा आसिफ शेखले १९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले १२ रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान ११ रन बनाएका थिए। नेपालका लागि भीम सार्की ६ रनमा आउट हुँदा कुशल मल्ल ३ तथा कुशल भुर्तेल २ रनमा आउट भए।


त्यस्तै, गुल्सन झा ७ रनमा आउट भएका थिए। कतारका लागि ओवासी अह्मेदले ३ विकेट लिँदा अमिर फरुकले ४ विकेट हात पारे। त्यस्तै, ग्यान मनावेराले २ विकेट लिँदा इक्रमुल्लाह खानले १ विकेट लिएका थिए।


नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ। नेपाल ४ खेलमा ३ जित र एक खेलमा अङ्क बाँड्दै ७ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। कतार भने प्रतियोगितामा जितविहीन रहँदै बाहिरियो। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराउँदा साउदीसँग वर्षाको कारण अंक बाँडेको थियो।

प्रतिकृया