• १० असोज २०८३, शनिबार
  • १०ः२४ राती

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन विमला राईकाे माग

प्रकाशित मिति

२०८० बैशाख १३ गते, बुधबार ०३:२५

१३ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउन माग गरेकी छन्। उनले १० दिनदेखि भारतमा उपचार गराइरहेको भन्ने सुनिएको तर सरकारले आधिकारिक जानकारी नदिएको बताइन्। राष्ट्रपतिलाई उपचारका लागि किन विदेश लैजानुपर्ने भएको हो भन्ने सदनमा जानकारी गराउन माग गरिन्।

National Life

‘हाम्रो देशको राष्ट्रपतिज्यु करिव १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ,’ बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ। तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो? उहाँको सुधार कस्तो भइराखेको छ ? यो विषयमा सरकारले सदनमा जानकारी गराउनुपर्छ,’ उनले भनिन्।


उनले वीर अस्पतालको भीभीआइपीका उपचारका लागि राखिएको कक्षमा धुलो लागेपनि मुलुकका भिभिआइपीहरु धेरैजसो बाहिरै गएर उपचार गराइरहेको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘कुन–कुन रोगको नेपालमा उपचार हुँदैन ? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्।

प्रतिकृया