• १० असोज २०८३, शनिबार
  • ९ः०३ बिहान

एसिसी प्रिमियर कप क्रिकेटमा बहराइनलाई हराउँदै युएई सेमिफाइनलमा

प्रकाशित मिति

२०८० बैशाख १३ गते, बुधबार ०४:००

१३ वैशाख २०८०, काठमाडौँ : एसिसी प्रिमियर कप क्रिकेटमा युएई सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार समूह ‘बी’ अन्तर्गत भएको आफ्नो अन्तिम खेलमा युएईले बहराइनलाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। जित्नै पर्ने दबाबमा रहेको युएईले १ सय ३४ बल बाँकी हुँदै बहराइनले दिएको सामान्य लक्ष्य पूरा गरेको थियो।

National Life

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनल ४०.५ ओभरमा अलआउट हुँदै १ सय १६ रन मात्र बनाउन सकेको थियो। बहराइनका लागि कप्तान हइदर बट र अली दावदले समान २३–२३ रन बनाएँदा इम्रान अन्वारले १४ रन बनाएका थिए। त्यस्तै वासिद अहमेदले १२ रन जोडेका थिए। त्यसअघि ओपनर महुम्मद युनिसले १६ रन बनाएका थिए।


बहराइनलाई सस्तैमा समेट्ने क्रममा आयान अफ्जल खानले ४ विकेट लिंदा रोहन मुस्ताफा र कार्थिक मियापानले समान २(२ विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

१ सय १७ रनको लक्ष्य पछ्याएको युएईले २७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटाएको थियो। सस्तैमा ओपनर गुमाएपनि युएईको जितमा वृत्या अर्विन्द र रोहन मुस्ताफाले अर्धशतकीय अविजित इनिङ खेलेका थिए। अर्विन्द ६२ रनमा अविजित रहँदा मुस्ताफा ५० रनमा अविजित रहेका थिए। जितसँगै युएईले सेमिफाइलन यात्रा तय गरेको हो। प्रतिद्वन्दी भने बिहिबार हुने समूह ए को खेलले तय गर्नेछ।

प्रतिकृया