• १२ असोज २०८३, सोमबार
  • ६ः२२ बिहान

बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार ०४:५६

चैत २७, २०७९, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका छन्। सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरुलाई छोड्न नहुने बताएका हुन्।

National Life

‘अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौँ, घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौँ, यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौँ’, उनले भने ।


यस्तै, उनले बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु नहुने भन्दै यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने उल्लेख गरे । ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ’, उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका थिए ।

प्रतिकृया