• १२ असोज २०८३, सोमबार
  • ७ः०५ बिहान

रास्वपाका सांसद ढाका कुमारले पार्टीमा बुझाए लिखित स्पष्टीकरण

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार ०४:४८

२७ चैत्र २०७९, काठमाडौँ: स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले लिखित स्पष्टीकरण बुझाएका छन् । उनले डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचारण समितिलाई लिखित स्पष्टीकरण सोमबार ईमेलमार्फत बुझाएका हुन् ।

National Life

‘उहाँ (ढाका)ले ईमेलमार्फत चार पृष्ठ लामो स्पष्टीकरण पठाएको खबर गर्नु भएको छ’, देवकोटाले भने, ‘तर हामीले खोलेर अध्ययन गर्न भ्याएका छैनौँ ।’ रास्वपामा डा. देवकोटा प्रमुख रहेको अनुशासन तथा आचरण समिति छ । जसको सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने छन् । यही समितिको निर्णयका आधारमा रास्वपाले श्रेष्ठमाथि थप कारबाही अघि बढाउने भएको छ ।


यसअघि आइतवार विज्ञप्ति निकालेर श्रेष्ठले आफूले २ करोड रुपैयाँ मागेको भनेर सार्वजनिक अडिओको आवाज आफ्नो नभएको दाबी गरेका थिए । उक्त अडियोमा श्रेष्ठले आफ्ना सभापति रवि लामिछानेका मान्छेले मन्त्री बन्ने भए २ करोड बुझाउन भनेको र त्यो पैसाको व्यवस्था गरिदिन प्रसाईंसँग अनुरोध गरेका थिए। तर आफ्नो भनेर प्रसारित त्यो आवाज आफ्नो नभएको दाबी सांसद श्रेष्ठले गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया