आज सेयर बजार सामान्य अंकले बढ्याे
प्रकाशित मिति
२०७९ चैत्र २७ गते, सोमबार ०३:५६
चैत २७, २०७९, काठमाडौँ : आज सेयर बजार सामान्य अंकले बढेकाे छ । साताको दोस्रो दिन सोमबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) ५.५४ अंकले बढेको छ । आज नेप्से ५.५१ अंकले बढेर १८४४.०२ को विन्दुमा कायम हुन पुगेको हो। पहिलो दिन हिजाे आइतबार भने (नेप्से) २८.३१ अंकले घटेको थियो ।
आज नेप्सेमा ९१ कारेड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७७ कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य यथावत रहेको छ । नेप्से बढेसँगै आज शिवम सिमेन्टको कारोबार अब्बल रह्यो ।
नेप्सेमा सामान्य सुधार देखिएपनि आज कारोबार भने निराशाजनक देखिएको छ । आज जम्मा ९१ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सर्वाधिक शिवम् सिमेन्ट्सको ६ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ६ करोड ६५ लाख, एनआइसी एशिया बैंकको २ करोड ७० लाख, नबिल बैंकको २ करोड ७० लाख र हिमालयन डिष्टिलरीको २ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सेयर बजार सामान्य अंकले बढेतापनि ग्लोवल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । त्यस्तै, बलेफि हाइड्रोपावर, इष्र्टन हाइड्रोपावर, मैलुङ खोला जलविद्युत लगायत अन्य कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेमा झिनो अंकको सुधार आएसँगै आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार भएको कही समयमा नै सानिमा मिडिल तमोरको हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको सेयर आइतबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कारोबारको पहिलो दिन नै कम्पनीको आइपीओ १० प्रतिशतले बढेको छ । कालिन्चोक दर्शनको सेयर ९.९७ प्रतिशतले बढेको छ।
त्यस्तै, एनएमबी बैंक,ग्रिन डेभलपमेन्ट बैंक, आरएमडिसी लघुवित्त, शुभम् पावर, लिवर्टी इनर्जी र आशा लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।








प्रतिकृया