• 7:03 pm

तिब्बती धर्मगुरु दलाई लामाले मागे माफी

प्रकाशित मिति

२०७९ चैत्र २७ गते, सोमबार ०३:५१

२७ चैत्र २०७९, काठमाडौँ: लामो समयदेखि निर्वासनमा रहेका तिब्बती धर्मगुरू दलाई लामाले हालै भएको एक घटनामा माफी मागेका छन् । भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर सोध्छन् ।


दलाई लामाको उक्त व्यवहारको तीव्र आलोचना भएपछि उनले सोमबार माफी मागेका हुन् । दलाई लामाको सामाजिक सञ्जालमा राखिएको वक्तव्यमा उनले आफूले भेटेका मानिसहरूसँग निर्दोष तरिकाले जिस्किने गरेको उल्लेख गरेका छन् ।


‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु,’ दलाई लामाको वक्तव्यमा भनिएको छ । उनले उक्त घटनाप्रति खेद पनि व्यक्त गरेका छन् ।

प्रतिकृया