• ३१ भदौ २०८३, बुधबार
  • ६ः३७ बेलुका

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, मन्त्रीहरूको नाम टुङ्गो लगाउन

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०९:१४

१६ चैत्र २०७९, काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दै छ। आज बिहान ११ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कस-कसलाई पठाउने भन्नेबारे टुङ्गो लगाउने तयारी छ।

National Life

बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा भएको सहमतिअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ। यसैअनुसार कांग्रेसले आज ती आठ मन्त्रीहरूको टुङ्ऊो लगाउने भएको हो। कांग्रेस पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्व सहकारमा सहभागी हुने तयारी‍ रहेको एक नेताले जानकारी दिएका छन्।


कांग्रेसलगायत सत्ता गठबन्धन आवद्ध दलहरूले मन्त्रीहरूको नाम टुंगो लगाएर दिए प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नाम दिएसँगै प्रधानमन्त्रीले आज साँझसम्म मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी थालेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अझै सहमतिमा आइसकेको छैन।

प्रतिकृया