• २ असोज २०८३, शुक्रबार
  • २ः३५ राती

आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुँदै

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०९:०५

१६ चैत्र २०७९, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। सत्तारुढ दश दलीय गठबन्धनमा मन्त्रालयको संख्यामा सहमति जुटेकोपछि आज बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गरिने भएको हो।

National Life

सत्ता साझेदार दलहरूले आफ्नो भागमा परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्री समक्ष बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।गत पुस १० पुसको नेकपा एमाले, रास्वपा, राप्रपालगायतका दलसँगको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री दाहालले एक महिनादेखि १६ मन्त्रालय आफैँ चलाइरहेका छन्।


दाहालको सचिवालयका अनुसार आज बिहान फेरिपनि सत्ता साझेदार दलहरूको बैठक बस्ने छ। उक्त बैठकमा प्रधानमन्त्रीले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाउने छन्। यससँगै आजै साँझ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।सत्ता साझेदार दलहरूको बुधबार बसेको संयुक्त बैठकमा मन्त्रालय बाँडफाँट लगभग टुंगिएको नेताहरूले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हिजोको संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी बनेको हो।


राष्ट्रिय स्वतन्त्र पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन्। यता, ८ मन्त्रायको भाग पाएको कांग्रेसले कसलाई सरकारमा पठाउने भन्नेबार छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकले सरकारमा सहभागी हुनेहरूको नाम ‍टुङ्ग्याउने छ।

प्रतिकृया