• १५:३९ २०८० चैत्र ६ गते
  • 3:39 pm

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

प्रकाशित मिति

२०७९ चैत्र १० गते, शुक्रबार ०४:१६

330165008 903187507565420 3565328414322408727 n

१० चैत्र २०७९, काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । उनले विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ६७ मत पाएका छन् । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए ।


मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेसका ३७, माओवादी केन्द्रका २१, नेकपा (एकीकृत समाजवादी) का ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका हुन् । आजको प्रदेश सभामा उपस्थित ९१ प्रदेश सभा सदस्यमध्ये जम्कट्टेलको पक्षामा ६७ सांसदले विश्वासको मत दिएका हुन् । उनलाई मुख्यमन्त्री बन्नको लागि चाहिने मत ५६ हो ।


बागमतीमा आजबाट एमाले सरकारबाट बाहिरिएको छ । जम्कट्टेललाई एमाले, राप्रपा र नेमकिपाले विश्वासको मत दिएनन् ।

प्रतिकृया