पाँच जना एआइजीले पाए दर्ज्यानी चिन्ह,दुई दिनपछि बढुवामध्ये एक आइजिपी हुने
प्रकाशित मिति
२०७९ चैत्र ८ गते, बुधबार ०६:४५

८ चैत्र २०७९, काठमाडौँ: नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दर्ज्यानी चिन्ह पाएका छन्।प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट बढुवा भएका पाँच जना एआइजीलाई बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
चैत ६ गतेको मन्त्रिपरिषदको बैठकले पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरिएको हो।
चैत १० गते ३० वर्ष सेवा अवधिका कारण महानिरीक्षक धीरजप्रताप सिंह अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएसँगै हाल एआइजीमा बढुवा भएकामध्ये एक जना नै आइजिपी हुनेछन्।
हाल सिंहका ब्याची एआइजीहरू सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी पनि अवकाशमा जान लागेका हुन्।

प्रतिकृया