पाँच जना एआइजीले पाए दर्ज्यानी चिन्ह,दुई दिनपछि बढुवामध्ये एक आइजिपी हुने
प्रकाशित मिति
२०७९ चैत्र ८ गते, बुधबार ०६:४५
८ चैत्र २०७९, काठमाडौँ: नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूले दर्ज्यानी चिन्ह पाएका छन्।प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट बढुवा भएका पाँच जना एआइजीलाई बुधबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
चैत ६ गतेको मन्त्रिपरिषदको बैठकले पाँच जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गरिएको हो।

चैत १० गते ३० वर्ष सेवा अवधिका कारण महानिरीक्षक धीरजप्रताप सिंह अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएसँगै हाल एआइजीमा बढुवा भएकामध्ये एक जना नै आइजिपी हुनेछन्।

हाल सिंहका ब्याची एआइजीहरू सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी पनि अवकाशमा जान लागेका हुन्।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया