• १९ भदौ २०८३, शुक्रबार
  • १०ः१२ बिहान

अवस्था ठिक नभएका सवारी साधन चलाउने २३ जना चालक कारवाहीमा

प्रकाशित मिति

२०७९ चैत्र ८ गते, बुधबार ०६:३०

८ चैत्र २०७९, काठमाडौँ: भक्तपुरको जगातीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २३ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।


अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा आज खटिएको थियो । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

Kamana Sewa

नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

Classic Tech Desktop

प्रतिकृया