• १९ भदौ २०८३, शुक्रबार
  • २ः११ राती

आज सरकारमा सहभागिता र उपनिर्वाचनबारे छलफल गर्दै लोसपा

प्रकाशित मिति

२०७९ चैत्र ९ गते, बिहीबार १०:२३

९ चैत्र २०७९, काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागिता र वैशाख १० मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न पार्टीको बैठक बोलाएको छ। कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार आज बस्ने बैठकमा उपनिर्वाचन, सरकारमा सहभागिता, सङ्गठन विस्तार लगायतका विषयमा छलफल हुनेछ।


बारा क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवारी दिने तयारी गरिरहेको छ। यहाँ उम्मेदवार हुन पार्टीबाट नवलकिशोर सिंह लगायतको चर्चा छ। तर सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गर्न सहमति बनेमा पार्टीबाट उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुनेछ।

Kamana Sewa

लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सत्ता गठबन्धनमा सहभागी छ। मन्त्रिपरिषद बिस्तार हुँदा कम्तिमा २ मन्त्री आफूहरूले पाउनुपर्ने माग लोसपाको छ। प्रतिनिधि सभामा लोसपाका ४ जना सांसद छन्।

Classic Tech Desktop

प्रतिकृया