• ११ असोज २०८३, आइतबार
  • ३ः५६ दिउँसो

उप निर्वाचनका लागि दल दर्ताको प्रक्रिया सुरु

प्रकाशित मिति

२०७९ चैत्र ८ गते, बुधबार ११:०३

८ चैत्र २०७९, काठमाडौँ: निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आज सुरु गर्दै छ । वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि चैत ८ देखि १२ गतेको समयसिमा तोकेर दर्ताका लागि आव्हान गरे अनुसार दल दर्ता सुरु गर्न लागेको हो ।

National Life

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरे पछि चितवन–२ रिक्त हुन पुगेको थियो ।


त्यस्तै तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिँदा बारा–२ रिक्त भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान खाली भएको छ ।सोही रिक्त चितवन–२, बारा–२ र तनहुँ–१ मा पदपूर्तिका लागि निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउन लागेको हो ।

प्रतिकृया