• ११ असोज २०८३, आइतबार
  • ३ः२८ दिउँसो

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

प्रकाशित मिति

२०७९ चैत्र ८ गते, बुधबार ११:००

८ चैत्र २०७९, काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो ३ बजे सुरु हुने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतलिने सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

National Life

तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच विवाद देखिएको छ ।


सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबिच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर मतभेद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुङ्गो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । माओवादी केन्द्र भने पहिले विश्वासको मत टुङ्ग्याएर अन्य प्रक्रियामा लाग्नुपर्ने पक्षमा देखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपतिको निर्वाचनसँगै संघमा पुरानो गठबन्धन ब्यूतिएपछि प्रदेशसरकार पनि पुनर्गठन हुन लागेका हुन्। तर एमाले भने प्रदेश सरकारबाट बाहिरिसकेको छैन।

प्रतिकृया