• ९ असोज २०८३, शुक्रबार
  • ५ः१९ बेलुका

आज उपराष्ट्रपति निर्वाचन हुँदै

प्रकाशित मिति

२०७९ चैत्र ३ गते, शुक्रबार १०:०१

३ चैत्र २०७९, काठमाडौँ: मुलुकको नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ। निर्वाचनका अन्तर्गत आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।

National Life

निर्वाचनमा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्। सहायक निर्वाचन अधिकृत शर्माका अनुसार उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।


मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सहायक निर्वाचन अधिकृत शर्माका अनुसार मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने छ। साँझ ६ बजेभित्र मतगणना सक्काइ नतिजा आइसक्ने उनले जानकारी दिइन्। राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ।


मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो। हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन रहेका छन्। उपराष्ट्रपति निर्वाचन अघि नै पुन निजी निवासमा सरिसकेका छन्।

प्रतिकृया