रास्वपाको संयुक्त बैठक स्थगित
प्रकाशित मिति
२०७९ चैत्र ३ गते, शुक्रबार १०:०६

३ चैत्र २०७९, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ।उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारे टुङ्गो लगाउनका लागि आज शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बस्ने भनिएको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
प्रवक्ता ढकालका अनुसार निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको हो। यता, निर्वाचन आयोगले हिजो बिहीबार एक सूचना जारी गर्दै मौन अवधिमा भोट माग्न तथा कसलाई भोट दिने/नदिने भन्ने विषयमा छलफल नगर्न राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराएको थियो।
उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार हुँदैछ। बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ। जसका लागि रास्वपाले कसलाई भोट दिने भन्नेबारे टुङ्गो लगाउन बैठक आह्वान गरेको हो ।
प्रतिकृया