• ३१ भदौ २०८३, बुधबार
  • २ः११ दिउँसो

क्याम्पसका अध्यक्ष र प्राध्यापकले नेविसंघकाे पक्षमा भाेट मागेपछि अनेरास्ववियुद्वारा ‘तालाबन्दी’

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०९:०९

चैत २, २०७९, दाङ : देउखुरी बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष र प्राध्यापकहरूले नेपाल विद्यार्थी संघ(नेविसंघ)बाट उम्मेदवारी दिएका विद्यार्थीकाे पक्षमा भाेट मागेकाे भन्दै अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु छैठौँले निर्वाचन अधिकृतकाे कार्यालयमा तालाबन्दी गरेका हुन्।

National Life

‘क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष र प्राध्यापकले अभिभावककाे भूमिका निर्वाह गर्नुपर्नेमा अमुक विद्यार्थी संगठनकाे पक्षमा भाेट मागेकाले हामीले विराेध गरेका हौँ’अनेरास्ववियुबाट स्ववियु सभापतिका उम्मेदवार भरत भुसालले भने,’हाम्रा मागहरू पूरा नहुँदासम्म तालाबन्दी जारी रहन्छ।’


देउखुरी बहुमुखी क्याम्पसमा नेविसंघ, एकीकृत समाजवादीकाे एउटा प्यानल र अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु छैठौँकाे अर्काे प्यानल बनेकाे छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया