• 11:49 am

नेप्सेमा सामान्य सुधार

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ०३:३९

३० फागुन, २०७९, काठमाडौँ: आज नेप्से मा झिनो अंकको सुधार देखिएको छ । आज नेप्से १.८५ अंकले बढेर १ हजार ९ सय ५३.०६ विन्दु कायम भएको हो । हिजो सोमबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । हिजो नेप्से २४.६८ अंकले घटेर १ हजार ९ साय ९१ दशमलव २१ विन्दु कायम भएको थियो।


आज नेप्सेमा १ अर्ब १३ कारेड ५९ लाख २५ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्सेमा सुधार देखिएपनि कारोबार भने खासै बढ्न सकेको छैन । आज एक अर्ब १३ करोडमाथिको कारोबार भएको हो।


आज सेयर बजार बढेपनि केहि कम्पनहिरुको सेयर मूल्य घटेको छ । आज एनआइसी एशिया एसिया ब्यालेन्स्ड फण्डको ५.६४ प्रतिशतले शेयर मूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज सपोर्ट माइक्रोफाइनान्स, कृषि विकास बैंक, स्वाभिमान लघुवित्त, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रतिकृया