प्राइम कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्यो
प्रकाशित मिति
२०७९ फाल्गुन ३० गते, मंगलवार ०४:१७

३० फागुन, २०७९, काठमाडौँ: प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत १ गते देखि लागू हुनेगरी बैंकको सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९ प्रतिशत सम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी बैंकले मुद्दती निक्षेप अन्तर्गत न्यूनत ११ देखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जापट्टि भने १४ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

प्रतिकृया