• १५ असोज २०८३, बिहीबार
  • १२ः३९ दिउँसो

बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन : केपी शर्मा ओली

प्रकाशित मिति

२०७९ फाल्गुन ३० गते, मंगलवार ०२:३७

३० फागुन, २०७९, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जन्मेको देशका बासिन्दाहरू मृत्युदण्ड दिने कानूनको पक्षमा जान नहुने बताएका छन्। आज मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने बताए। उनले मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उनको भनाइ थियो।

National Life

‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’


फरक प्रसंगमा अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीतिक भइरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया