• ११ असोज २०८३, आइतबार
  • १०ः०३ बिहान

उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवारी मात्र दर्ता गर्न निर्देशन

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार १२:५१

२६ फागुन २०७९, काठमाडौँ: निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।

National Life

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतलाई दिइएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ।


राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग महिला वा अन्य वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिमबाट मात्र उम्मेदवार हुनुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

जारी गरेको विज्ञप्ति

प्रतिकृया