नेपाल प्रहरी श्रीमती संघद्वारा खाद्यान्न तथा लत्ताकपडा वितरण

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ११:३७

DSC 0149 e1678341119988

२५ फागुन २०७९, काठमाडौँ: नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले काठमाडौं थापाथली स्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती गृहमा उपचाररत महिलाहरूलाई बुधबार विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको छ ।


११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष सिंहले दुबै प्रसुती वार्डमा गरी जम्मा १ सय १५ जना महिलालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुभएको हो । उक्त अवसरमा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल थापाथलीमा सोही अस्पतालका उप-निर्देशक डा. सन्देश पौडेल, नर्सिङ प्रमुख आशा प्रजापति, ओसिएमसिका प्रमुख सुकुमाया तामाङ र नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । यसैगरी नेपाल प्रहरी अस्पताल महाराजगंजमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी कर्मचारीहरू र अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया