• 5:28 pm

चलचित्र ‘जुलेबी’को फर्ष्ट लुक सार्वजनिक

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ०४:२६

२४ फागुन २०७९, काठमाडौँ: नेपाली कथानक चलचित्र ‘जुलेबी’को फर्ष्ट लुक सार्वजनिक गरिएको छ । नारी दिवसको अवसर पारेर ‘जुबेली’को फर्ष्ट लुक सार्वजनिक गरिएको हो ।


चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिकामा छन् । सुशील सिटौला , पुष्कर कार्की , तुफान थापा लगायतका कलाकारको पनि यो चलचित्रमा अभिनय देख्न सकिन्छ ।


चलचित्रमा चार नारी पात्रको कथा समेटिएको छ । चलचित्रलाई निर्देशक गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।

प्रतिकृया