प्रभु इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न
प्रकाशित मिति
२०७९ फाल्गुन २३ गते, मंगलवार ०४:२४

२३ फागुन २०७९, काठमाडौँ: प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्यितारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिकृया