• २६ भदौ २०८३, शुक्रबार
  • ८ः५२ राती

अभिनेता नवाजुद्दिन समस्यामा, पूर्वपत्नीका कारण धेरै दुःख पाए, बच्चा भेट्न पाएनन्

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०३:०५

भन्छन्ः मेरा बच्चा भारतमा ४५ दिनदेखि बन्धक छन्

National Life

२३ फागुन २०७९, काठमाडौँ: भारतीय चर्चित अभिनेता नवाजुद्दिन सिद्धिकीले पूर्वपत्नी आलियाका कारण आफूले धेरै दुःख सहनु परेको र आफ्ना बच्चाहरूलाई समेत भेट्न नपाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै पूर्वपत्नी आलियासँगको आफ्नो सम्बन्ध, छोराछोरी र आफूविरुद्ध लागेका सबै आरोपको विवरण पनि दिएका छन् । नवाजका अनुसार उनी र आलिया धेरै वर्षदेखि सँगै बसेका छैनन् र बच्चाहरूका कारण मात्रै जोडिएका छन् ।


उनले आफ्नो पिडा सामाजिक सञ्जालमा लेखेका छन्–‘कसैलाई थाहा छ? मेरा बच्चाहरू भारतमा पछिल्लो ४५ दिनदेखि बन्धकमा छन् र विद्यालय जान पाएका छैनन्। उनीहरू लामो समयदेखि विद्यालय गएका छैनन् भन्ने चिठ्ठी मलाई दिनहुँ विद्यालयले पठाइरहेको छ।’ नवाजले लामो समयदेखि सँगै नरहेको तर बच्चाहरूका कारण केही नबोलेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले आफ्नी पूर्वपत्नी आलियाले लगाएको धेरै आरोपबारे पहिलोपटक मुख खोलेका छन्। नवाजले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन्, ‘मेरो मौनताका कारण म जताततै गलत साबित भएको छु। म धेरै दिन शान्त थिएँ किनभने मेरा बच्चाहरूले यो पूरै नाटक कतै पढेको हुनुपर्छ।’ उनले आफ्नो बारेमा यसरी लेखेका छन्–‘हाम्रो सम्बन्ध–विच्छेद भयो,तर सन्तानको खातिर मात्रै जोडिएका थियौँ। सामाजिक सञ्जाल प्लेटफर्म, प्रेस र केही व्यक्तिहरूको समूहले मेरो चरित्र हत्यालाई एकतर्फी रूपमा र भिडिओहरूमार्फत आनन्द उठाए।’


उनले बच्चाको राम्रो पालनपोषणका लागि २ वर्षदेखि हरेक महिना १० लाख रुपैयाँ दिने गरेको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘जब उनी मेरा छोराछोरी लिएर दुबई जान्थिन्, मैले उनलाई स्कुलको शुल्क, मेडिकल र यात्रा खर्चबाहेक हरेक महिना ५–७ लाख रुपैयाँ पठाउँथेँ ।’ नवाजले आलियाका ३ फिल्ममा लगानीसमेत गरेको बताएका छन्। उनले लेखेका छन्, ‘मैले उनका फिल्ममा करोडौँ लगानी गरेको छु। किनकि उनी मेरा छोराछोरीकी आमा हुन्। बच्चाहरूका लागि एउटा लक्जरी कार पनि दिइएको थियो तर आलियाले त्यसलाई बेचेर सबै पैसा आफैँ खर्च गरिन्।’


आलियाले पैसाका लागि मात्रै आफू र आमालाई विभिन्न आरोप लगाएको नवाजले बताएका छन्। उनले यसअघि पनि यस्तै प्रकारका आरोप लगाएर मुद्दा दायर गरेको तर पैसा पाएपछि मुद्दा फिर्ता लिएको उनको आरोप छ । आफूले आज गरिरहेको कमाइ र काम छोराछोरीका लागि मात्रै भएको उनले उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘जब मेरा बच्चाहरू छुट्टीमा भारत आउँछन्, तिनीहरू सधैँ हजुरआमासँगै बस्छन्। उनीहरूलाई कसैले कसरी घरबाट निकाल्न सक्छ? त्यो बेला म आफैँ घरमा थिइनँ। यदि यस्तो हो भने आलियाले घरबाट निकालिँदाको भिडिओ किन गरिन?’


नवाजले अन्त्यमा लेखेका छन्, ‘कुनै पनि अभिभावक आफ्ना छोराछोरीले पढाइ गुमाएको वा उनीहरूको शिक्षामा असर पर्ने कुनै पनि कुरा चाहँदैनन्। तिनीहरू सधैँ आफ्ना छोराछोरीलाई संसारको सबैभन्दा राम्रो चिज दिन प्रयास गर्छन्। आज मैले जे कमाएको छु, त्यो सबै मेरा दुई सन्तानको हो र यसलाई कसैले परिवर्तन गर्न सक्दैन। म शोरा र यानीलाई धेरै माया गर्छु र तिनीहरूको सुरक्षाका लागि म भविष्यमा जुनसुकै हदसम्म जान सक्छु।’

प्रतिकृया