• २७ भदौ २०८३, शनिबार
  • १०ः३४ बिहान

भाइरल बन्दै बिल गेट्सले विद्युतीय रिक्सा चलाएको भिडिओ

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०२:५४

२३ फागुन २०७९, काठमाडौँ: सामाजिक सञ्जालमा यतिबेला एउटा भिडिओ भाइरल छ। माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले महिन्द्रको विद्युतीय तीन पांग्रे चलाएको भिडिओ चर्चाको विषय बनेको हो। बिल गेट्सले सोमबार आफ्नो इन्स्टाग्राममा ‘गेट्स नोट्स’ शीर्षकमा विद्युतीय तीन पांग्रे चलाएको भिडिओ पोस्ट गरेका थिए। उक्त भिडिओमा पृष्ठभूमीमा समेत भारतीय संगीत राखिएको छ।

National Life

भिडिओसँगै उनले महिन्द्राले सार्वजनिक गरेको विद्युतीय रिक्साको प्रशंसा गरेका छन्। ‘भारतको नवीन उत्पादनहरूले मलाई सधैं चकित पार्छ। मैले चलाएको यो विद्युतीय रिक्साले १३१ किलोमिटर (करिब ८१ माइल्स) को माइलेज दिन्छ। र एकैपटक चार जनासम्म अटाउन सकिन्छ,’ गेट्सले इन्स्टाग्राम क्यापसनमा लेखेका छन, ‘महिन्द्रा जस्तो कम्पनीहरूले वातावरण प्रदुषण नियन्त्रणलाई ध्यानमा राखेको र डीकार्बोनाइजेसनमा गरेको योगदान प्रेरणादायी छ।’


यतिबेला माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स भारत भ्रमणमा छन्। सोही समय उनले महिन्द्रको विद्युतीय रिक्सा चलाएका हुन्। उनले रिक्सा चलाएर राखेको पोस्टमा महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले पनि प्रतिक्रिया जनाएका छन‍्।उनले बिल गेट्सलाई महिन्द्राको सोही विद्युतीय रिक्सामा पूर्व क्रिकेटर सचिन तेंदुल्कर, आफू स्वयमसँगै रेस गर्न भनेका छन्। साथै उनले गेट्सले उक्त रिक्सा चलाएर प्रतिक्रिय जनाएकोमा खुशी व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया